FLASH NEWS

सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउन लिङ्देनलाई थापाको आग्रह


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १८:३२ मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउन आग्रह गरेका छन् ।


पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले अध्यक्ष लिङ्देनलाई यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ, नेतृत्व समस्याको विषय हुँदैन ।’

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

थापाले केशरबहादुर विष्ट ,दुर्गा प्रसाईं , किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ थापाले भने ।

उनले थपे, ‘हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने छौं । पद–प्रतिष्ठा गौण विषय हुन् ।’