FLASH NEWS

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार ११:४२ मा प्रकाशित २४०७ पाठक संख्या

काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्।


जिल्ला अदालतले उनलाइ बुधबारनै थुनामक्त गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पाण्डले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेको थियो।

उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै बुधबार काठमाडौं प्रहरी परिसर घेराउ गर्दै तोडफोडमा उत्रिएको थियो ।