FLASH NEWS

सामाखुशी खोलामा बेपत्ता बालकको शव दक्षिणकालीमा भेटियो


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार १९:४८ मा प्रकाशित २२५७ पाठक संख्या

काठमाडौं – काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।


सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक साजन आलेमगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो । मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।