FLASH NEWS

सुन काण्डमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना साधारण तारेखमा रिहा


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार ०८:४४ मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं –  एक क्विन्टल सुन काण्डमा राजस्व अनुसन्धान विभागको हिरासतमा रहेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा साधारण तारेखमा रिहा भएकी छन् ।


क्यान्सरपीडित सुब्बालाई विभागले बुधबार साँझ उपचारका लागि रिहा गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुब्बाको स्वास्थ्य सम्वेदनशीलता र घटनामा जटिलरुपले संलग्नता नदेखिएकाले छोडिएको हो ।

महानिर्देशक ढुंगानाले भने, ‘अनुसन्धनमा उहाँको जटिल संलग्ननता देखिएको छैन । सोही कारण छोडिएको हो । उहाँलाई छोड्न मिल्ने नै देखियो ।’

विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बासहित तीन कर्मचारीलाई साउन ७ गते पक्राउ गरेको थियो ।