FLASH NEWS

दुई महिनाको बालकको हत्या आरोपमा आमाबाबु पक्राउ


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार ११:१९ मा प्रकाशित १३९३ पाठक संख्या

पोखरा – दुई महिनाको नाबालकको हत्या आरोपमा बाग्लुङमा आमाबुबा पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

साउन १८ गते बिहीवार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा खसेर बझारिएपछि घटनास्थलमै बालकको ज्यान गएको बताइएको छ ।

त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।