FLASH NEWS

संसदको अवरोध हटाउन एमालेसहितका प्रतिपक्षी दलसँग छलफल गर्ने माओवादीको निर्णय


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार ११:४० मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – अवरूद्व संघीय संसद खुलाउन माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।


सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले केही समयदेखि अवरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अबरूद्ध गर्दै आइरहेको छ ।