FLASH NEWS

पूर्वमन्त्री जोशीको स्पष्टीकरण : ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार १४:२१ मा प्रकाशित १७२९ पाठक संख्या

काठमाडौं – पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको बताएका छन् ।


काठमाडौं जिल्ला अदालतबाट आइतबार उनी लगायत चार पुर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ललिता निवासको जग्गा व्यक्तिको नाममा पठाउने निर्णय हुँदा आफु मन्त्री पदमा नरहेको बताएका हुन् ।

८५ वर्षीय नेता जोशीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका हुन् ।

पक्राउ पुर्जी जारी भएको सन्दर्भमा पुर्व मन्त्री जोशीले उक्त प्रकरणको अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताए । जोशीले त्यसअघि नै असोज ४ गते मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरेका छन् ।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमति मात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेकोसमेत प्रस्ट्याएका छन् ।

तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री रहेका जोशीलाईसमेत अख्तियारले पनि मुद्दा चलाएको थियो ।