FLASH NEWS

सदन खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलको बैठक जारी


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार १२:३७ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – अवरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ ।


बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

तस्करीको एक क्वीन्टल बढि सुन प्रकरणलाई लिएर एमालेले संसदीय विशेष छानबिन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।

सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो ।