FLASH NEWS

साउन २८ देखि निजी विद्यालय अनिश्चितकालिन बन्दकाे घोषणा


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार १४:२३ मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडौं – निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित ‘विद्यालय शिक्षा ऐन–२०८०’ विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका हुन् ।


आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गरिने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए । प्रस्तावित विधेयकमा ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था राखिएको छ ।

उक्त विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन थालेका हुन् । विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाए आन्दोलनको कार्यक्रम फिर्ता लिन सकिने उनीहरुको भनाई छ ।