FLASH NEWS

संसद्‌ अवरोध खुलाउन प्रमुख तीन दलको बैठक बस्दै


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार ११:१२ मा प्रकाशित २०१७ पाठक संख्या

काठमाडौं – प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।


बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिधसभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खोज्न उक्त बैठक बस्न लागेको हो ।