FLASH NEWS

कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण: प्रहरीले ९ जनालाई नियन्त्रणमा लियो


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १८:५२ मा प्रकाशित १६३३ पाठक संख्या

संखुवासभा – जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच भएको कुटपिटपछि कैदीको मृत्यु प्रकरणमा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।


बुधबार दिउँसो आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको हो । कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

बुधबार बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको कारागार प्रशासन संखुवासभाले जनाएको छ ।

दुई जना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए। उनीहरू शौचालयको झ्यालको रड काटेर भाग्न लागेका थिए। उनीहरूले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुन कारागारभित्र राखेको थियो।

बिहान भने उनीहरू दुबै जना अचेत फेला परेका थिए। त्यसपछि उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा उनीहरू दुबै जनाको मृत्यु भएको हो।