FLASH NEWS

सुन प्रकरणमा तथ्य र प्रमाणले पुष्टि भए महरामाथि पनि कारबाही हुन्छ : अग्नि सापकोटा


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १९:०३ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् ।


बुधबार प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले दोषी प्रमाणित भए पनि महरालाई सरकारले अनुसन्धान अगाडि बढाउने बताएका हुन् ।

प्रवक्ता सापकोटाले भने,‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ ।’

सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको बताए ।