FLASH NEWS

वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा मुलुक विश्वभर परिचित भयो: प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज २५ श्रावण २०८०, बिहीबार ११:१२ मा प्रकाशित २०७१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको टिप्पणी गरेका छन् ।


सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिवद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानको कारण उक्त कार्यक्रम सफल भएको बताए ।

वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा परिचित भएको उनको भनाई छ ।