FLASH NEWS

विपिन जोशी सुरक्षित नेपाल फर्किने राष्ट्रसंघीय महासचिव गुटेरेसको आशा


नेपाल आवाज १२ कार्तिक २०८०, आईतवार १८:२५ मा प्रकाशित १५५५ पाठक संख्या

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।


साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।