FLASH NEWS

काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


नेपाल आवाज १२ कार्तिक २०८०, आईतवार १८:४९ मा प्रकाशित ९१९ पाठक संख्या

काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।


पाल्पाकाे तानसेन नगरपालिका-२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपैयाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो ।