FLASH NEWS

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध


नेपाल आवाज १३ कार्तिक २०८०, सोमबार १०:५३ मा प्रकाशित ९०७ पाठक संख्या

बिश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन ।केहि घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन ।


‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए।

‘हामी दोहोर्याउँछौं, बिरामीहरूले भरिएका अस्पतालहरू उनीहरूको जीवनलाई जोखिममा नराखी बाहिर निकाल्न असम्भव छ,’ उनले भने।टेड्रोसले यसअघि आफ्ना काका इथियोपिया र इरिट्रिया बीचको युद्धमा मारिएको कुरा साझा गरेका थिए।