FLASH NEWS

राप्रपाको भवन नभत्काउन अदालतको आदेश,प्रक्रिया पूरा गरेर नक्सा पास गरिदिनु


नेपाल आवाज २७ मंसिर २०८०, बुधबार १८:२१ मा प्रकाशित ९३३७ पाठक संख्या

पाटन उच्च अदालतले राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन नभत्काउन र नक्सापास गर्न आए प्रक्रिया पूरा गरेर नक्सा पनि पास गरिदिनु भन्ने प्रमादेश जारी गरेकोछ।केहिसमय अघि प्रक्रिया पूरा नभएको र अवैधानिक रहेको भन्दै काठमाण्डौ महानगरका मेयर बालेन साहले राप्रपाको केन्द्रिय कार्यालय भात्काउन खोज्दा राप्रपा नेताहरुले प्रतिकार गरेका थिए भने कानूनत: पनि बालेनको कदम अवैधानिक देखिएको थियो।पछि उक्त कुरा उच्च अदालतको टुंगोमा पुगेपछि आज सो निर्णय आएको हो र सो निर्णय संगै अब राप्रपाको केन्द्रिय कार्यालय रहेको भवन नभत्किने मात्र हैन नक्सा समेत पास हुने भएको छ।


स्मरण रहोस ! राप्रपाको केन्द्रिय कार्यालय माथि नचलेको र प्रयोगमा नआएको हाईटेन्सन लाईन भएको कारण उक्त भवन अवैधानिक छ भन्दै नक्सा पास भएको थिएन तर उक्त प्रशारण लाईन मृत अवस्थामा रहेको हुँदा अब उक्त लाईन हट्ने र नक्सा पास हुने सम्भावना बलियो बनेको हो।यो संगै अब राप्रपाको नैतिक रुपमा जित भएको छ भने काठमाण्डौ महानगरका मेयर बालेन साहले राप्रपाको केन्द्रिय कार्यालयमा गर्न खोजेको कारवाही पनि अवैधानिक भएको ठहर भएको छ।