FLASH NEWS

आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाँदै


नेपाल आवाज २ पुष २०८०, सोमबार ११:५३ मा प्रकाशित २२०३ पाठक संख्या

काठमाडौँ  – पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् । पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन् ।


शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् ।

पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् ।

यसअघि मंसिर ८ गते पूर्वराजा शाह झापा गएका थिए। त्यहाँ राजावादीहरूको कार्यक्रममा सहभागी भइ फर्किएका थिए।