FLASH NEWS

संघीयता काम नलाग्ने रहेछ भन्ने कुरा सबैले अहिले महसुस गर्न थालेका छन्: अध्यक्ष केसी


नेपाल आवाज ३ पुष २०८०, मंगलवार १५:२७ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।


मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।

उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरू पाल्नुपरेको बताए।

उनले सरकारले सेना, प्रहरीको तलव र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सक्छन्? भन्दै प्रश्न गरे।

उनले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको स्पष्ट पारे।

उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए।

अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको पनि बताए।