FLASH NEWS

निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु


नेपाल आवाज १६ माघ २०८०, मंगलवार १९:४६ मा प्रकाशित ९३१ पाठक संख्या

कास्की – पोखरामा घरकाे छतबाट खसेर एक जना सोलार ईन्जिनियरको ज्यान गएको छ ।


आज दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनस्थित निर्माणाधीन एक घरको पाँचौँ तलाको छतबाट खसेर पोखरा ८ रत्नचोकका ३७ वर्षीय ई. प्रवीण भट्टराईको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामाका अनुसार निर्माणाधीन घरको सोलार गर्नेक्रममा पाँचौं तलाको लिफ्टबाट उनी खस्न पुगेका थिए ।

गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दिउसो करिब २ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टराई पोखरा न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । भट्टराईको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।