FLASH NEWS

राप्रपा नेपालले लघुबित्त र सहकारी समस्या बारे अन्तरक्रिया गर्ने


नेपाल आवाज १९ माघ २०८०, शुक्रबार ०९:४० मा प्रकाशित ६३१ पाठक संख्या

काठमाडौं –  राप्रपा नेपालको सहकारी बिभागले  ‘लघुबित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ बिषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको  छ ।


लाखौ मानिसहरुसँग जोडिएको अत्यन्तै जल्दिबल्दो बिषय र पछिल्लो समय सड्ढटग्रस्त क्षेत्रको रुपमा रहेकोे बिषयलाई उठान गर्नुपर्ने आबश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको बिभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा सम्बन्धित बिषयका बिज्ञ , सहकारी लघुबित्त आबद्ध ब्यक्तिहरु, पिडितहरु, सन्चारकर्मी तथा यस बिषयलाई नजिकबाट हेरिहरेका ब्यक्त्तित्वहरुको सहभागीता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिब महेश बहादुर सिंहले जानकारी दिए ।