FLASH NEWS

एपीएफ स्कूलको विजयी सुरुवात


नेपाल आवाज २४ माघ २०८०, बुधबार ०८:०८ मा प्रकाशित ९४३ पाठक संख्या

काठमाडौँ — कीर्तिपुरमा जारी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिताको दोश्रो दिन आयोजक नेपाल एपीएफ स्कूलको (ख) टिम र मनकामना सेकेण्डरी स्कूलले सुरुवात गरेका छन् ।


मंगलबार सम्पन्न दिनको पहिलो खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) टिमले पुष्पसदन स्कूलमाथि ४-० को एकपक्षीय जित दर्ता गर्यो । एपीएफका लागि विकेन खत्रीले ह्याट्रिक पूरा गर्दा विवेकानन्द कुशवाहले १ गोल गरे । खत्री सो खेलमा म्यान अफ दि म्याच चुनिए ।

यसैगरी मंगलबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डीएभी स्कूल जावलाखेलको चुनाैती ४-० ले पन्छायो । मनकामना सेकेण्डरी स्कूलका लागि सुनिल डंगोलले २ तथा अनिश डंगोल र रविन तामाङले समान १-१ गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार नेपालय पब्लिक इंग्लिश स्कूल, जोरपाटीले हारती शिक्षा मन्दिर सितापाइलाको सामना गर्नेछ भने ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरले जेम्स स्कूल धापाखेलको चुनाैती सामना गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न खेलहरूमा क्रमश लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरले विजयी भएका थिए ।