FLASH NEWS

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँः राजेन्द्र लिङदेन


नेपाल आवाज २४ माघ २०८०, बुधबार १६:३३ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।


प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए। उनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणीसमेत गरे।

उनले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले विभिन्न भ्रष्टाचारका काण्ड आए पनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताए।