FLASH NEWS

नेपाल पुलिस स्कुल र लिटिल एन्जल्स स्कुल विजयी


नेपाल आवाज २५ माघ २०८०, बिहीबार १६:०९ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं –  काठमाडौँको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरबीच खेल सम्पन्न भएको छ । जसमा ०-११ गोलको अन्तरले लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर विजयी भएको छ ।


खेलमा लिटिल एन्जल्स स्कुलका खेलाडी कृयुष डंगोल २ गोल, प्रसुन तुलाधर ३ गोल, ओस्कर लामा २ गोल, अनमोल सुब्बा १ गोल, निश्चल नेपाली १ गोल, शिलभम मगर १ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो ।

त्यसैगरी आज भएको दोश्रो खेलमा नेपाल पुलिस स्कुल, सागाँले काव्या स्कुल काठमाण्डौलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

नेपाल पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले १-१ गोल गरेका थिए ।

आजको भएको खेलमा लिटिल एन्जल्स स्कुलका उत्कृष्ट खेलाडी प्रशुन तुलाधर र नेपाल पुलिस स्कुलका प्रशान्त मोक्तान म्यान अफ दि म्याच घोषित भएका थिए । उनीहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा शुक्रबार हारती शिक्षा मन्दिर सितापाईला विरुद्ध राई स्कुल, नक्साल, ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातीर्थ, काठमाण्डौ विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकी तथा मनकामना सेकेण्डरी स्कुल, जोरपाटी विरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) बीच खेल हुनेछ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिम सहभागी छन्।

लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भैरहेको छ । ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।