FLASH NEWS

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइने


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार १६:५४ मा प्रकाशित १६०९ पाठक संख्या

काठमाडौं – निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो ।


२०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए ।

त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ ।

नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था गरेको छ ।