FLASH NEWS

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत


नेपाल आवाज २८ माघ २०८०, आईतवार १९:०९ मा प्रकाशित १४१७ पाठक संख्या
  • सुशील थापा

चितवन – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।


पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि आज दिउँसो भरतपुर आएको हो ।

पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा राष्ट्रवादी,राजावादी, राजभक्त तथा उनका शुभेच्छुकहरु स्वागत गर्न भेला भएका थिए । उनीहरुले ‘राजा आउँ देश बचाउँ’,’हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’ सम्मका नारा लगाएका थिए । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । पूर्वराज परिवार आज पटिहानीको होटल सोल्टीमा बस्ने शाहको सचिवालयले बताइएको छ ।