FLASH NEWS

ताथलिको महायज्ञ घाटामा ! खर्च विवरण सार्वजनिक गर्दै बालयोगेश्वर बिजयमुर्ती महाराजको अनौठो घोषणा


नेपाल आवाज १ फाल्गुन २०८०, मंगलवार १२:५५ मा प्रकाशित ५५७५ पाठक संख्या

काठमाडौँ – छोरीको घर ज्येष्ठ नागरिक आश्रमले गत अश्विन ११ देखि २७ सम्म भक्तपुर , ताथलिमा संचालन गरेको भक्तपुर, चांगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहाँसिक श्रीमद भागवत विराट पित्री उद्धार महायज्ञ – २०८० को खर्च तथा आम्दानी विवरण सार्वजनिक भएको छ ।


आज आश्रमका संस्थापक बालयोगेश्वर बिजयमुर्ती महाराजले एक पत्रकार सम्मेलन गरि सो विवरण सार्वजनिक गरेका हुन् ।

श्रावणमा पशुपतिनाथमा अर्को विशाल एतिहाँसिक महायज्ञको पनि तयारी गरेका गुरुले सार्वजनिक गरेका खर्च विवरण निम्न अनुसार रहेको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रम अवधीभर रशिद, जिन्सी,नगद लगायत सहयोग बापत आएका रकम मध्ये १ करोड ७६ लाख १ हजार एक सय अठसठ्ठी रुपैयाँ ६५ पैसा संकलन भएको छ । जसमध्ये लगभग ६३ लाख ६४ हजार ७ सय ७१ रुपैयाँ आउन बाँकी छ ।

जम्मा खर्च १ करोड ८३ लाख ८४ हजार १ सय ६१ रुपैयाँ भएको तथा यतिखेर आर्थिक भार रु ७ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ ३५ पैसा रहेक छ।

यज्ञमा घाटा भएपनि यज्ञबाट उठेको रकम एक रुपैयाँ पनि खर्चमा नलगाई सबै भार आफैं बोक्ने घोषणा गुरुले गरेका छन् । उठेको सम्पूर्ण रकम आश्रम निर्माणमा नै लगाउने तथा आश्रम निर्माणको लागि जग्गा खरिद गर्ने पनि घोषणा आश्रमका तर्फबाट बिजयमुर्ती महाराजले गरेका छन् ।

सो बापत गुरुले आश्रमको नाममा उठेको सबै रकम बैंकमा डिपोजिट समेत गरिसकिएको तथा एक रुपैयाँ पनि यज्ञको खर्चमा नलगाईएको जानकारी दिएका छन् ।

जग्गा खरिदको लागि जम्माजम्मी रु २ करोड ५० लाख लाग्नेमा आफ्ना आउँदै गरेका विभिन्न कथा वाचन लगायत कार्यक्रमबाट सहयोग उठ्ने रकमबाट समेत उक्त कार्य सम्पन्न गर्ने जानकारी दिईएको छ ।

चैतभरिमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमको नाममा जग्गा खरिद गरिसक्ने , वैशाखको बिचमा डिपिआर सक्ने तथा वैशाखमै शिलन्यास गरि जेठमा जग उठाईसक्ने तयारी आश्रमको रहेको छ ।

विभिन्न ईँटा, गिट्टी, ढुंगा उध्योगहरुले पनि आवश्यक सहयोग गर्न र सामाग्रीहरु उपलब्ध गराउन तयार रहेको बताएका कारण पनि आश्रम सहज ढंगबाट निर्माण हुने बिश्वास आयोजक टिमको रहेको छ ।