FLASH NEWS

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या


नेपाल आवाज ४ फाल्गुन २०८०, शुक्रबार ००:०५ मा प्रकाशित १२०१ पाठक संख्या

दाङ – दाङमा गोली हानेर एक जनाको हत्या भएको छ। घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या भएको हाे।


वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमान सहायक हवल्दारले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाक्री तालिम केन्द्र नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी कुबेर कडायतका अनुसार महिला प्रहरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।