FLASH NEWS

आयोजक नेपाल एपीएफ स्कुल (क) र नेपाल पुलिस स्कुल फाईनलमा प्रवेश


नेपाल आवाज ५ फाल्गुन २०८०, शनिबार १६:२६ मा प्रकाशित २१३१ पाठक संख्या

काठमाडौं – नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता : २०८०अन्तर्गत आज भएको सेमिफाईनल खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-0 गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।


जसमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) को तर्फबाट विकास बोहरा- २, तेन्जिङ्ग शेर्पा र रोहित गोलेले १/१ गोल गरेका थिए ।

त्यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइवेकरमा ३-२ गोल अन्तरले पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

आज भएको खेलहरुमा क्रमश नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपाल पुलीस स्कुल सँगाका खेलाडीहरु, विकास बोहरा र दिप्सन परियारलाई म्यान अफ द म्याच घोषित भई विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र सैनिक आवासीय महाविद्यालय सल्लाघारीका प्रिन्सिपल दल प्रसाद पुनले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नु भएको थियो ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा फाईनल खेल नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपाल पुलीस स्कुल, साँगा बीच हुने छ ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ स्कुलहरु, अन्य विद्यालय तथा फुटबल क्लबहरुलाई समेटी राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने यस प्रतियोगिताको उद्देश्य रहेको विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई बताए ।

प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिम सहभागी रहेको थियो ।