FLASH NEWS

नेपाल प्रहरी श्रीमती संघद्वारा राउटे बस्तीमा खाद्यान्न तथा लत्ताकपडा बितरण


नेपाल आवाज ६ फाल्गुन २०८०, आईतवार ००:३५ मा प्रकाशित १०३३ पाठक संख्या

दैलेख – नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौको आयोजना र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय तथा सहकार्यमा जिल्ला दैलेख स्थित चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ साङ्गेतडामा बसोबास गर्दै आईरहेका अल्पसंख्यक राउटे समुदायमा “खाद्यान्न तथा लत्ताकपडा बितरण” गरिएको छ ।


नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही, उपाध्यक्ष श्रीमती रुपा थापा, संघका प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारी, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल, प्रहरी वरीष्ठ उपरीक्षक बीर बहादुर ओली, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी कार्य समिति सदस्य श्रीमती भुमिका तारमी घर्तीमगर, जि.प्र.का.दैलेखका प्रमुख प्र.ना.उ. किशोर लम्साल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्य समिति सह-सचिव सुस्मा थापा, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.७ दैलेखका वडा अध्यक्ष ईन्द्र प्रसाद चौलागाई, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.९ दैलेखका वडा अध्यक्ष प्रेम रावल र राउटे समुदायका मुखियाहरु सुर्य नारायण शाही, दिल बहादुर शाही र विर बहादुर शाही लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम संघका अध्यक्षज्यूद्वारा गमलामा जल सिंचन गरेर शुभारम्भ गर्नु भएको थियो । सो कार्यक्रममामा राउटेका ४१ घरपरिवारलाई चामल ४२ बोरा, दाल ५७ के.जी., नुन ४२ पोका र खुर्सानी १ बोरी, बिष्कुट २० पोका, चाउचाउ ६ कार्टुन, सावुन १ कार्टुन, स्याम्पो ८० माला लगायत लत्ताकपडामा कम्मल २५ पिस, सेतो पटुका ५२ पिस, चोली ५० पिस वितरण गरिएको थियो ।
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने र सेवा नै धर्म हो भन्ने हेतुले नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानवीय सेवा प्रदान गर्ने भएकाले मानिसका आधारभूत आवश्‍यकता गाँस, बास, कपास मध्ये राउटे समुदाय खेती पाती नगर्ने, बिभिन्न ठाउँहरुमा सरिरहने, एकै स्थानमा नबस्ने हुँदा खाद्यान्न तथा लत्ताकपडाहरु राउटे समुदायमा नै सोधेर उनीहरुको आवश्यक्ता अनुसार नै खरिद गरी बितरण कार्यक्रम आयोजना गरिएको कुरा श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताउनु भएको थियो ।

साथै उक्त कार्यक्रममा राउटे समुदायका ४१ घर परिवारका १३७ जना राउटे व्यक्तिहरु साथै स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, समाजसेवी, वुद्धिजिवीहरु, ईन्सेक नेपाल दैलेखको प्रतिनिधी, प्रहरी कर्मचारीहरु, सर्वसाधरणहरु लगायत अन्दाजी २०० जना संख्याको उपस्थिति रहेको थियो ।