FLASH NEWS

एसपी अधिकारीले पाए काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी


नेपाल आवाज ७ फाल्गुन २०८०, सोमबार १८:०९ मा प्रकाशित १०३३ पाठक संख्या

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार एसपी अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।


जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न एसपी अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका एसपी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ । अधिकारी भने यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए ।