FLASH NEWS

केपी ओली कप फुटबल आजदेखि सुरु


नेपाल आवाज ११ फाल्गुन २०८०, शुक्रबार ०८:५३ मा प्रकाशित ११९५ पाठक संख्या

काठमाडौं – केपी ओली कप फुटबल आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने छन् ।


एन्फा कमप्लेक्स सातदोबाटोमा हुने उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकारलाई निम्तो गरिएको छ ।
खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउनेछन् ।
सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा सातदोबाटोमा हुनेछन् । १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता भने दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।

विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५० / ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।