FLASH NEWS

विमानस्थल १४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १४:०३ मा प्रकाशित ७४५ पाठक संख्या

काठमाडौँ – त्रिभुवन विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।


उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सामाखुसीबाट शनिबार राति पक्राउ गरेको हो ।

सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनलाई विमानस्थल भन्सारमा बुझाउने तयारी भएको छ ।

पर्वत फुलबारी- २ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा योजनाकार रहेको पत्ता लागेपछि पक्राउ गरिएको सीआइबीले जनाएको हो।