FLASH NEWS

रहेनन् गायक तथा संगीतकार भक्तराज आचार्य


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १९:१२ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ ।


भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।

उनका दुई छोरा सत्य र स्वरुप आचार्य छन् ।