FLASH NEWS

संसद भवनमा लघुवित्त पीडित छिरेकोबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १९:३४ मा प्रकाशित ६५५ पाठक संख्या

काठमाडौं – संसद् भवनमा लघुवित्त पीडितहरुले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।


प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

लघुवित्त पीडितहरू सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पुगेर प्रदर्शन गरेका थिए।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमै कार्यरत डिएसपी दिनेश घिमिरे सदस्य छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।