FLASH NEWS

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डरको भेटवार्ता


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार २१:४४ मा प्रकाशित ४६३ पाठक संख्या

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।


उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनुभएको राष्ट्रपति पौडेलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।