FLASH NEWS

डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार २३:२५ मा प्रकाशित ९१९ पाठक संख्या

काठमाडौं – सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।


सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए ।

मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध आइतबार मुद्दा दायर भएको थियो । तर जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी केसीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।