FLASH NEWS

नेपाल एपीएफ स्कुलले माग्यो शिक्षक तथा प्रिन्सिपल पदका लागि आवेदन


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १३:५८ मा प्रकाशित ७८७३ पाठक संख्या

काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयहरूका लागि नेपाल एपीएफ स्कुलले शिक्षक तथा प्रिन्सिपल नियुक्तिका लागि आवेदन माग गरेको छ ।


आधारभूत तथा माध्यमिक तहका लागि विभिन्न विषयका २१ जना शिक्षक माग भएको हो । ती विज्ञापनहरूमा ३० दिन भित्र आवेदन पेश गर्न सकिने बताइएको छ।

जसअनुसार प्रधानाध्यापक, अंग्रेजी, गणित, कम्प्युटर, नेपाली, विज्ञान र सामाजिक शिक्षा शिक्षण शिक्षक माग गरिएको नेपाल एपीएफ स्कुलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गतबाट हाल सप्तरी, बाँके, कञ्चनपुर तथा काठमाडाैंको कीर्तिपुरमा नेपाल एपीएफ विद्यालय सञ्चालनमा रहेका छन् ।