FLASH NEWS

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई हरायो


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १५:४२ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको छ । यसअघि लिग-२ को दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पनि हार बेहोरेको हो ।


जितको लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै जम्मा १८६ रन बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्का हिर्काए ।

कप्तान रोहित पौडेलले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रनको योगदान दिए । रोहित र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गरेका थिए । मल्लले २१ बलमा ३२ रन जोडे ।

गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए । १५ ओभरमा १३५र७ को स्थितीमा रहेको नेपालको लागि सोमपाल कामिले आक्रमक ब्याटिङ गर्दै खेल फर्काएमा थिए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

ओपनर आसिफ शेखले ६ र कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

नामिबियाका ब्याट्म्यान जान निकोल लफ्टी इटोनले शानदार शतक बनाएका िथए । उनी ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै १०० रन बनाएर आउट भए । यससँगै उनी टी(२० आईमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

१० ओभरमा केवल ६० रन जोडेको नामिबियाको लागि लफ्टी इटोन र मलान क्रुगरले चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । क्रुगर ५९ रनमा अविजित रहे।

नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।