FLASH NEWS

झडपमा राजेन्द्र महतो घाईते : ट्रमा सेन्टरमा उपचार हुँदै


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १८:५१ मा प्रकाशित ३५३५ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो तथा रामन पाण्डे झडपमा परी घाइते भएका छन् । माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परि उनि घाइते भएका हुन्।


घाईते महतोको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ ।  नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा थिए। त्यति नै खेर प्रहरीले उनलाई घेरा हालेपछि प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको थियो।

घाइते दुबैको  उपचार पनि त्यही भइरहेको बताइएको छ ।