FLASH NEWS

भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार १८:३९ मा प्रकाशित ९२५ पाठक संख्या

चितवन – भरतपुर महानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।


गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको सहयोगका लागि भरतपुर महानगरले एक करोड रुपैयाँ सहयोग गरेको हो ।

आइतबार भतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा महानगरको मेयर रेणु दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्ति १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।