FLASH NEWS

टोखाको जंगलमा शरीरमा पेट्रोल छर्केर एक जनाले गरे आत्मदाहको प्रयास


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार १९:१५ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं – काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटको लिखु गाउँपालिकाका २० वर्षीय बिकल्प खड्काले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका थिए । शरीरको ७० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।

महाराजगञ्जस्थित टिचिङ अपस्तालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बर्न सेन्टर कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ । उनको  अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।