FLASH NEWS

शालिनको पोष्टमार्टम रिर्पोट परिवारलाई नदिएको भन्दै प्रदर्शन, रिर्पोटप्रति परिवारको आपत्ति


नेपाल आवाज २० फाल्गुन २०८०, आईतवार १८:११ मा प्रकाशित १२८५ पाठक संख्या

गत शनिबार चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिन पोख्रेलको पोष्टमार्टम रिर्पोट अस्पतालले परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन्।


टिचिङ अस्पतालले पोख्रेलको पोष्टमार्टम  रिर्पोट परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।

पोख्रेलको पोष्टमार्टम रिर्पोट आज आएको थियो। रिर्पोटमा पोख्रेलमाथि बलात्कार नभएको पाइएको छ। आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ । त्यो भनेको मृत्युको कारण बलात्कार होइन भन्नु हो । सो रिर्पोट प्रति शालिनको परिवारले आपत्ति जनाएको छ ।

‘म अहिले अस्पतालमा नै छु, अहिलेसम्म हामीले रिपोर्ट पाएका छैनौं’, शालिनका बुबा दीपेन्द्र पोखरेल (ललित) ले टेलिफोन कुराकानीमा भने । उनले मिडियामा सार्वजनिक भएको पोष्टमार्टम रिपोर्ट आफूलाई स्वीकार्य नभएको बताए । उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे ।

यसै क्रममा, त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका सामाजिक अभियन्ता  युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए । आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरी महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ ।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । यता पक्राउ परेका गौतमले शालिनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको बताएका छन् ।

आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि गौतमले आग्रह गरेका छन् ।