FLASH NEWS

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


नेपाल आवाज २१ फाल्गुन २०८०, सोमबार १६:२९ मा प्रकाशित ८७७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न उनी केही बेरअघि शीतलनिवास गएका हुन् ।


उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले)सँगको नयाँ समीकरण बनाएका छन् ।