FLASH NEWS

जसपाबाट उपेन्द्र आफैँ सरकारमा जाने, तीन मन्त्रालय दाबी


नेपाल आवाज २१ फाल्गुन २०८०, सोमबार १६:३१ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।


आज बिहान बसेको जसपाको कार्यकारिणी बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा अब बन्ने नयाँ गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले अध्यक्ष यादव आफैं सरकारमा जाने बताए ।

‘जसपाको तीन मन्त्रालयमा दाबी छ । अध्यक्ष उपेन्द्र यादवज्यू आफैँ सरकारमा जानुहुन्छ ।’ यद्यपी अहिले छलफल जारी रहेकाले कुन कुन मन्त्रालय लिने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ ।