FLASH NEWS

अपराधीलाई बचाउने नभई समात्ने प्रहरीको प्रमोशन गर्छु : गृहमन्त्री लामिछाने


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार २२:३६ मा प्रकाशित २०४१ पाठक संख्या

काठमाडौँ – नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताएका छन् ।
बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।


उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए ।

अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए ।

साथै देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने उनको भनाई छ । उनले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिए ।उनले निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्न पहिलो निर्णय गरेको बताए ।

गृहमन्त्री लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिए।‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन । कानुनले जे भन्छ त्यही हुन्छ ।’

यस्तै गृह प्रशासनमा सरूवा गर्नु नै कारबाही हो भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने उनको भनाई छ ।

उनले दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी, प्रशासनलाई आग्रह गरे । ‘मेरो सुरक्षामा चिन्तित हैन । मान्छे व्यवसायमा बढी चिन्तित हौ भन्ने चाहन्छु । गैरकानुनी गतिविधिलाई सामान्य ढंगले होइन, असामान्य ढंगले नियन्त्रण र निगरानी गर्ने जिम्मेवारी हाम्रो सामु छ,’ उनको भनाइ थियो, ‘निराशाबाहेक केही छैन भन्ने भाष्य तयार भएको छ । यो सुरक्षाका विषय जोडिएको छ । सुरक्षा राष्ट्रिय महत्वको विषय छ ।’

उनले मिटरब्याजी र सहकारीपीडितलाई न्याय दिलाउन प्रतिबद्ध भएको बतए । ‘मिटरब्याज र सहकारीपीडितलाई न्यायको महसुस हुनुपर्छ । यो प्रहरीमा पुगेपछि समस्या समाधान हुने महसुस हुर्नैपर्छ । खुट्टामा ठेला उठ्ने गरी न्याय गृह मन्त्रालय माग्न आउने अन्त्य हुनुपर्छ ।’

उनले नागरिकलाई महसुस हुने गरी काम गर्न आग्रह गरे । ‘लागूऔषध दुर्व्यसनीको समस्या हुनुपर्छ । तस्करी नियन्त्रणमा विशेष ध्यान दिनपर्छु,’ उनले भने, ‘राजस्व संकलनका विषयलाई चुहावटका विषय गम्भीर विषय छन् ।’

उनले राजधानीलगायत कतिपय ठाउँ २४ घण्टा खुल्ने वातावरण बाउने बताए । ‘सुरक्षित हुने वातावारण हुनुपर्छ । सहर ज्युँदो, सुरक्षित छ भन्ने महसुस हुनुपर्छ,’ उनको भनाइ थियो ।

उनले कुनै पनि पार्टीको दबाबमा नपर्न र कानुनअनुसार कारबाही गर्न आग्रह गरे । ‘बोर्डरको सुरक्षा बलियो बनाउनुपर्छ,’ उनले भने ।