FLASH NEWS

गृहमन्त्री लामिछानेले भने – चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न


नेपाल आवाज २५ फाल्गुन २०८०, शुक्रबार १६:२१ मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् ।


गृहमन्त्री भएको दुई दिनपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका हुन् ।

गृहमन्त्री रविले लेखेका छन् ,‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं।’

नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् ।

उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी भएका छन् ।