FLASH NEWS

चिनियाँ सेनाका मेजर जनरल झांग र प्रधानसेनापति शर्माबीच भेटवार्ता


नेपाल आवाज २७ फाल्गुन २०८०, आईतवार १७:४२ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चीनका जनमुक्ति सेनाको उपप्रमुखबीच भेटवार्ता भएको छ।


आइतबार जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो।

चिनियाँ जनमुक्ति सेनाकोअन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालयका उपप्रमुख मेजर जनरल झांग बाओकुनको नेतृत्वको ६ सदस्यीय टोली शनिबार काठमाडौं आइपुगेको छ।

प्रधानसेनापति शर्माको निमन्त्रणमा उनीहरू नेपाल आएका हुन्। प्रधानसेनापति र चिनियाँ सैनिक अधिकारीबीच सैनिक सहायता,तालिम ,सैन्य अभ्यासलगायतमा छलफल भएको छ।

भेटमा दुई छिमेकी देशहरूका साथै सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्षमहरू एवं आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

टोलीले काठमाडौं,लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ। चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ टोली फागुन २९ गते फर्किनेछ।