FLASH NEWS

फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर प्रहरी जवानको मृत्यु


नेपाल आवाज २८ फाल्गुन २०८०, सोमबार १८:१२ मा प्रकाशित ९०१ पाठक संख्या

काठमाडौं– दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।


जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

हतकडीसहित भागेका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।