FLASH NEWS

विप्लवको उद्घोष – ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउँछु, उत्पादनमा आत्मनिर्भर हुन्छौं


नेपाल आवाज २९ फाल्गुन २०८०, मंगलवार २२:०३ मा प्रकाशित ५७१ पाठक संख्या

कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।


सामूहिक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाटमा उनले सो उद्घोष गरेका हुन् ।

उनले अबको तीन वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने बताए ।

उनले भने, ‘अब पार्टीले चन्दा मागेर खाँदैन । ३ वर्षभित्र उत्पादनबाट अरूलाई दिने र खाने पार्टी बनाउँछौँ। जनताको खाएको अब तिर्छौं । हाम्रो पार्टी सत्तामा हैन, कुर्सीमा हैन, कमिसन र घुस मागेर हैन, राज्यको ढुकुटी मासेर हैन, उत्पादन गरेर आफू खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ यो कार्यको थालनी गरेका छौँ ।’